लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनभावना मावि तिलोत्तमा–८ दीपनगरको ३४ औं बार्षिकोत्सव सम्पन्न

IMG

तिलोत्तमा,माघ २१।शिक्षालाई सिपसँग जोडेर लैजान आवश्यक रहेकोमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । बक्ताहरुले शिक्षाको विकासले मात्रै समाज परिवर्तन सँभव भएकोले विद्यालयलाई सही र सार्थक योजना बनाएर अघि बढन आग्रह गरेका छन ।जनभावना माध्यमिक विद्यालय तिलोत्तमा–८, दीपनगरको ३४ औं बार्षिकोत्सव एवं अभिभावक दिवसको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले विद्यालयलाई थप ब्यवस्थित र नमुना विद्यालय बनाउन सवैले आ आफनो ठाउँबाट अगाडी बढाउनुपर्नेमा जोड दिए ।


जनभावना माविका व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक शंम्भु प्रसाद पराजुलीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उच्च कोटीको शैक्षिक गुणस्तरका लागि सबैको पहलकदमी आवश्यक रहने बताउनुभयो अक्षयकोष दाता, ब्यवस्थापन समिति सदस्यहरु, शिक्षक अभिभावक सँघका पदाधिकारी, शिक्षक कर्मचारी, विद्यार्थी, समाजसेवी, अभिभावक लगायतको उल्लेख्य सहभागिता रहेको कार्यक्रम शिक्षिका शिला घिमिरेको स्वागत तथा लक्ष्मी गौतमको सन्चालनमा सम्पन्न भएको थियो ।


सो अवसरमा अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रबृत्ति समेत प्रदान गरिएको थियो । शैक्षिक अलावा अतिरिक्त किैयाकलापमा समेत विद्यालयले यसक्षेत्रमा रहेर खेलाडी उत्पादनको काम गरिरहेको सहप्राचार्य जीवन अर्यालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्