लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रचण्डको स्पष्टीकरण- समाजवादी मोर्चामा मेरो अरुचि होइन

IMG

तिलोत्तमा,माघ १६।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आबद्ध दलहरू एउटै केन्द्र बनाउने उद्देश्यबाट विमुख हुन नहुने बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।‘रणनीतिक दृष्टिकोणले एउटै केन्द्र बनाउने उद्देश्यबाट बिमुख हुन हुँदैन ।


कहिलेकाहीँ कमरेडहरूले मलाई ताकेर अलिकति अरुचि प्रचण्डले नै गर्‍यो कि क्या हो भन्ने गर्नुभएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यो सत्य होइन। बरु, म अलि अलि हतारो चाहिँ छिटो पार्टी एकता गरौं भन्नेवाला हुँ ।’उनले हतार गरेर गरिएको एकताले दुर्घटनातर्फ जान नहुने पनि बताए । ‘एकता र ध्रुवीकरणको प्रयास पनि हामीले जारी राख्नुपर्छ,’ उनले भने ।अध्यक्ष प्रचण्डभन्दा अगाडि सम्बोधन गरेका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रचण्डतर्फ संकेत गर्दै समाजवादी मोर्चाको कार्यक्रमलाई बेवास्ता गरेको व्यंग्य गरेका थिए ।

कमेन्ट गर्नुहोस्