
तिलोत्तमा,माघ १६।नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित भएका छन्।बुधबार साँझ सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार सापकोटा ७३ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् ।महासचिवमा रोशन थापा निर्वाचित भएका छन्। यस्तै कोषाध्यक्षमा फूलमाया राना विजयी भएकी छिन् ।
कमेन्ट गर्नुहोस्