लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रधानमन्त्रीले काठमाडौँ बसेर गरे,लुम्बिनीका ४ स्थानमा उद्घाटन

IMG

तिलोत्तमा,माघ ११। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ बसेर गरे भर्चुवल माध्यमबाट लुम्बिनीका ४ स्थानमा उद्घाटन गर्नुभएको छ। पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा रहेकाे प्रशासकीय भवन, बुटवल गोरुसिंगे सडक, सिद्धबाबा सुरुङ्ग मार्ग ब्रेक थ्रु, पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज 'भर्चुअल' माध्यमबाट उद्घाटन गर्नुभएको हो ।उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा प्रधानमन्त्री ओलीले भर्चुवल उद्घाटन गर्नुभएको हो।


प्रधानमन्त्री ओली आज कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उहाँको स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधनसहित भवन उद्घाटन गर्नुभएको हो । उहाँले बुटवल र पाल्पाली नागरिकसँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्ष रूपमा उपस्थित हुन असमर्थ भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय नागरिकले अझ राम्रो गरी सेवा पाई र नयाँ अनुभूति मिल्नेगरी काम गर्न आग्रह गर्नुभयो ।


उहाँले पाल्पा एक ऐतिहासिक र रमणीय जिल्ला भएकाले यस प्रकारको छविलाई यहाँका नागरिकले कायमै राख्ने विश्वास व्यक्त गर्दै आफूहरूले शुरू गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरूकै पालामा सम्पन्न गर्नेगरी काम भइरहेको बताउनुभयो।खनिज तत्त्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवम् समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने प्रधानमन्त्री ओलीले अपेक्षा गर्नुभयो । 

कमेन्ट गर्नुहोस्