
तिलोत्तमा,माघ ८। तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा तिलोत्तमा साहित्य सङ्गमको पाँचौँ शृङ्खला उत्साहजनक रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष डा. मुरारी पराजुलीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार ऋषिराम भुसालको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न छ । संस्थाका सदस्य तथा साहित्यकार उद्धव देवकोटाले कार्यक्रमको संचालन गर्नु भएको थियो भने संस्थाका उपाध्यक्ष एवम् छन्द अभियान्ता कविराज पौडेलले स्वागत गर्नुभएको थियो।
कार्यक्रमले साहित्यको उत्थान गरि निर्दिष्ट लक्ष्य हासिल गर्ने कुरामा कुनै दुईमत नरहेको सहभागी अतिथिहरुले बताउनुभयो । साहित्यकार राजेन्द्र प्रसाद आचार्यले वाचित रचनाहरुको समिक्षा गर्नुभएको थियो। कार्यक्रममा खगेन्द्र बस्याल , उद्धव देवकोटा, रमेश समर्थन ,यज्ञलाल सुवेदी, डी.आर.न्यौपाने , सुशील सापकोटा, राम प्रसाद बस्याल, तुल्सीराम भण्डारी, कोशलराज पौड्याल लगाएतले आफ्ना रचना बाचन गर्नुभएको थियो। तिलोत्तमा साहित्य सङ्गम हरेक महिनाको अन्तिम शनिवार हुने र साहित्यलाई जीवन्त राख्न तथा नव सर्जकहरुका लागि उत्प्रेरणा दिन यो कार्यक्रम महत्त्वपूर्ण रहेको कुरा संस्थाका अध्यक्ष डा. मुरारी पराजुलीले बताउनुभयो।
कमेन्ट गर्नुहोस्