लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेसको नेतृत्वमा राजनीतिक परिवर्तन भएको :उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री सिंह

tillotmacitynews - 2024 Dec 24 07:26 PM
IMG

तिलोत्तमा,पौष ९ गते।उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसको नेतृत्वमा राजनीतिक परिवर्तन भएको दाबी गरेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रम दुबैमा उनले कांग्रेसको नेतृत्वमा परिवर्तन भएको दाबी गरे ।बुटवल उपमहानगरपालिकामा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले तीन तहका सरकार विकासका कार्यमा एक भएर काम गरेमा समृद्धि आउने तर्क गरे ।


उनले बुटवल उपमहानगरपालिकाले गरेको कामको प्रशंसा गर्दै अझैपनि बिकासका कार्य गर्दा आफुले साथ दिने प्रतिबद्धता ब्यक्त गरे । उनले स्थानिय, प्रदेश र संघ सरकार एक भएर लागेमा देशको समृद्धि हुन समय नलाग्ने बताएका छन्। कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले पारि बुटवलको जिर्ण रहेको बजारको पुर्ननिर्माणको लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरे । उनले उजिरसिंहलाई बिभुती घोषणा गर्न आग्रह गर्दै उनले रामापिथेकशको ऐतिहासीकतालाई जोगाउन आग्रह गरे ।बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले उमहानगरको तर्फबाट माग गरिएका कार्यक्रमहरुमा सहयोग गर्न आग्रह गरिन।

कमेन्ट गर्नुहोस्