लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कुनैपनि पार्टीसँग एकता गर्ने सम्भावना छैन : एकीकृत समाजवादी

IMG

तिलोत्तमा,पौष १ गते।नेकपा एकीकृत समाजवादीले तत्काल कुनैपनि पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ।उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्थायी कमिटी बैठकले अहिले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको हो।‘सबैसँग सहकार्य गर्न तयार छौं, तर कुनै पार्टीसँग एकता गर्ने संभावना नरहेको जानकारी गराउँछौ’, खतिवडाले भने ।


भोलि सकिने स्थायी कमिटीले तत्काल कुनै पार्टीसँग एकता संभावना नरहेको निर्णय गर्ने उनले बताए । माओवादी केन्द्र सहितको समाजवादी मोर्चामा एकीकृत समाजवादी रहेकाले बेलाबेला पार्टी एकताको चर्चा हुने गरेको छ ।तर त्यस्तो चर्चाको खण्डन हुनेगरी एकीकृत समाजवादीले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकताको संभावना नरहेको निष्कर्ष निकालेको छ ।

कमेन्ट गर्नुहोस्