लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नौ घण्टाको बयानमा लामिछाने :बिहिबारपनि बयान हुने

IMG

तिलोत्तमा,२८ कात्तिक ।सहकारी बचत अपचलनको अभियोगमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग बुधबार रुपन्देहीमा नौ घण्टा बयान लिइएको छ।जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार र बुधबार दुई दिन लगाएर बयान लिइए पनि अझै नसकिएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए ।


जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बुधबारदोस्रो दिन बिहान सवा १० बजे लगिएकोमा साँझ साढे ७ बजे बयान सकिएको हो । बुधबार लिखित बयान भएकाले केही विषय लिपिवद्ध गरेर बाहिर निकालिएको हो।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी लक्ष्मी खनालका अनुसार लामिछानेसँगको बयान नसकिएकाले बिहीबार पुनः बयान लिइने छ । मंगलबार पत्रकारसँग बोलेपछि बुधबार कडा सुरक्षा निगरानीमा राखेर लामिछानेलाई बाहिर निकालिएको थियो । पत्रकारलाई पनि लामिछानेको फोटो भिडियो खिच्न दिइएन । उनलाई निकाल्ने समयमा रास्वपाका समर्थकहरुले नाराबाजी गरेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालयमै राखिएको छ ।


सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार दिउँसो रुपन्देही ल्याइएको थियो।मंगलबार दिउँसो १ बजेदेखि ५ बजेसम्म बयान लिइएको थियो । स्रोतका अनुसार, रविले केही ठाउँमा बाझिने प्रकारका अभिव्यक्ति दिएका छन् । सुरूमा थाहा छैन भनेका कुरा पछि गएर अन्य सवालमा केही तथ्यहरू खुलाएको बताइएको छ ।


खासगरी लामिछानेका नाममा दुई करोड रूपियाँ सुप्रिम सहकारीबाट निकासा भएको यसअघि नै अदालतमा दायर अभियोगपत्रमा उल्लेख गरिएको थियो । तर, त्यतिबेला रविलाई प्रतिवादी बनाइएको थिएन।रविले उक्त रकम आफूले आवेदन दिएर नलिएको बताए पनि आफू सम्बद्ध खातामा कसरी जम्मा भयो भन्ने विषयमा केही विरोधाभासपूर्ण अभिव्यक्ति दिएको बताइएको छ । साथै जुन ठेगाना उल्लेख गरिएको छ, त्यो रवि लामिछाने को हो त भन्ने विषयमा पनि उनले फरकफरक कुरा बताएका छन्।सुप्रिम सहकारीबाट सवा १४ करोड रूपैयाँ गोर्खा मिडियामा गएको छ । त्यसबाहेक रविको नाममा मात्र थप दुई करोड रूपियाँ अनियमित तरिकाले निकासा गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

कमेन्ट गर्नुहोस्