लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लिग टु : स्कटल्याण्ड विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

IMG

तिलोत्तमा,२०८१ कार्तिक १३ गते।आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । डालासस्थित ग्राण्ड प्रेरी मैदानमा हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।


अमेरिका विरुद्ध खेलेको नेपाली टिममा आझ एक परिवर्तन गरिएको छ । स्पीनर ललित राजवंशीको स्थानमा स्पीन ब्याटिङ अलराउण्डर कुशल मल्ल पहिलो रोजाईँमा खेल्दैछन् । कुशल मल्लको आगमनले नेपालको ब्याटिङ तलसम्म हुनेछ ।सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्