लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुबि खानसहित ७ जना बालुवाटारबाट पक्राउ

IMG

तिलोत्तमा,असोज ३०, २०८१। नेपालगञ्जबाट वेपत्ता महिला निर्मला कुर्मीको लागि न्याय माग्दै आन्दोलन गरिरहेकी रुबि खानसहित ७ जना पक्राउ परेका छन् ।बालुवाटारमा निषेधित क्षेत्र कटेर होहल्ला गरेपछि उनीसहित केहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए। उनीहरुसँगै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पनि पक्राउ परेका छन् ।


प्रहरीले भने भीडमा रहेका बेला उनी पक्राउ परेको भन्दै छाड्ने तयारी गरेको छ ।सरकारले पटकपटक वार्ता र सहमति गरेर पनि कार्यान्वयन नगरेपछि फेरि विरोधमा निस्किनु परेको अधिकारकर्मी खानले बताएकी छन् । प्रहरीले पक्राउ गरेलगत्तै खानले मिडियासँग भनिन्, ‘प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले हामीलाई कुटपिट गर्दै पक्राउ गरेर मालीगाउँ ल्याएको छ ।’प्रहरी वृत्त, मालिगाउँमा राखेर खानसहितका प्रदर्शनकारीमाथि अनुसन्धान थालिएको प्रहरीले बताएको छ । मंगलबार बिहान कलंकीबाट विरोध प्रदर्शन गर्दा प्रहरीले नै उनको समूहलाई स्कर्टिंग गरेको थियो ।                                                            

कमेन्ट गर्नुहोस्