
तिलोत्तमा, भदौ १७ गते २०८१।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रुसको भ्लादिभोस्तक प्रस्थान गरेका छन् ।‘साउथ एसियन इकोनोमिक फोरम’ को समूहगत छलफलमा सहभागी हुन अध्यक्ष नेपाल गएराति राति ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ ।अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम समेत रहेको छ ।उनको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको एकीकृत समाजवादीले जनाएको छ । नेपाल आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
कमेन्ट गर्नुहोस्