
तिलोत्तमा, भाद्र १६।प्यारामाउण्ट बोर्डिङ हाइस्कूलमा एकहप्तादेखि संचालित बालकथा लेखन तालिमको समापन तथा दुर्गा पौड्याल द्वारा लिखित बालकथा संग्रह "चङ्खी र म्याउसीको लोकार्पण कार्यक्रम सम्पन्न भयो। कार्यक्रम प्यारामाउण्ट बोर्डिङ स्कूलका ब्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद सापकोटाको अध्यक्षता,साहित्यकार एवं गजलकार प्राज्ञ बूँदरानाको प्रमुख आतिथ्यता तथा साहित्यकार, लेखक आदरणीय ब्यक्तित्व जङ्गबहादुर शाहज्यूको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमममा आदरणीय ब्यक्तित्व साहित्यकार ऋषिराम भूषाल,स्कूलका प्राचार्य एवं साहित्यिक ब्यक्तित्व दामोदर भूसाल,वरिष्ठ पत्रकार मदनलाल पौड्याल,तालिम सञ्चालक एवं बालकथाकार विजयराज आचार्य लगायतले तालिमले विद्यार्थीलाई भविष्यमा असल ,नैतिकवान नागरिक बन्न सहयोग पुराउने बारे आ-आफ्ना भनाइहरू राख्नुभएको थियो। बाल कथा चङ्खी र म्याउसीको साङ्गोपाङ्गो कमीकमजोरी साहित्यकार समिक्षक सुरुज घिमिरे 'दीपशिखा ' ले केलाउनुभएको थियो ।
कार्यक्रममा अठार बढी विद्यार्थीले तालिममा सिकेको शीपको प्रयोगगरी आ- आफूले लेखेका कथा वाचन गरेका थिए। कार्यक्रममा उपस्थिति पाहुनाहरूलाई स्वागत देखि कार्यक्रम संचालन स्वयं विद्यार्थीले नै गरेका थिए । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु,शिक्षक,अभिभावक लगायत पत्रकारहरूको राम्रो उपस्थित रहेको थियो ।
कमेन्ट गर्नुहोस्