लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादीले भन्यो- नेकपा एससँग एकताको घनिभूत छलफल भैरहेको छ

IMG

तिलोत्तमा, साउन ३१ गते २०८१। नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग एकताको लागि घनिभूत छलफल भइरहेको जनाएको छ । स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठन आवश्यक भएको बताए ।उनले भने, ‘देशभक्त प्रगतिशील शक्तिको मोर्चा आवश्यक छ । त्यसका लागि बृहत्त वामपन्थी एकीकरण आवश्यक छ ।


कम्युनिष्ट पार्टीको पुनर्गठन पनि गर्नुपर्छ । हामीले पहिला पनि एकता गरेपनि त्यसको रक्षा हुन सकेन । अब फेरि जनताको चाहना अनुसार छलफल बहस भइरहेको छ ।’

मोर्चालाई प्रभाकारी बनाउनको लागि अहिले कार्यदल काम गरिरहेको बताए ।उनले थपे, ‘माधव नेपालसहित मोर्चामा आबद्ध सबै कम्युनिष्टहरुसँग एकताको घनिभूत छलफल चलिरहेको छ ।’

कमेन्ट गर्नुहोस्