लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जापानबाटै शान्ताले भनिन ‘फेरी आयो तिजै’( भिडियोसहित)

IMG

तिलोत्तमा,साउन २९ गते २०८१। नेपालमै हुँदा शान्ताले हरेक तीजमा आफ्नो मर्मस्पर्शी त कहिले नाचौ नाचौ लाग्ने गीत निकाली रहन्थिन। त्यसो त उनलाई गएको ३ बर्ष बाट जापानमा पनि नेपाली संगीतले छोडेको छैन। अझ तीजको रमझमले त शान्तालाई संसारको जुनसुकै ठाउँमा पनि पछ्याई रहन्छ। यसै क्रममा जापानलाई कर्मथलो बताएकी गायिका शान्ता जिसीको नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘फेरी आयो तिजै…’ बोलको गीतमा शान्तालाई प्रेम सापकोटा सोनुले गायनमा साथ दिएका छन् भने पारिवारिक कथामा बनेको फेरी आयो तिजै ले छोटो समयमा दर्शकको अपार माया  पाएको छ। टिप्पिकल शब्दलाई टिपेर दिदि भाई प्रदेशमा हुँदा हुने दु:ख र पिडाले चाडबाडमा झस्काउने कथालाई संगीतको माध्यमबाट शान्ताले पस्किएकी छिन। 


गायक सापकोटाले नै सिर्जना गरेको गीतमा संगीत संयोजन विश्वास नेपालको छ । विदेशमा रहेका नेपाली चेलीहरूलाई चाडपर्व आउँदा पर्ने पीडालाई मार्मिक ढंगबाट प्रस्तुत गरिएको गीत निकै उत्कृष्ट बनेको छ ।शान्ताको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा शिशिर पौडेल र अन्जु निरौलाको अभिनय रहेको छ। दुर्गा पौडेलले निर्देशन र छायांकन गरेको भिडियोलाई नवीन घर्ती मगरले कलरिंग संयोजन र सम्पादन गरेका हुन् ।जादुमय मीठो स्वर र उत्कृष्ट शब्द चयन अनि अतुलनीय अभिनयले सबैको मन जितेको छ। शान्ता जिसीले यसअघि ‘सुनको वाला’, ‘घरबारी यस्तो भा छ मलाई त’ लगायतका गीत सार्वजनिक गरिसकेकी छन् भने करिव १० वटा गीत भएको एकल एल्बम ‘बाचा’ सार्वजनिक गरेकी छन् ।


कमेन्ट गर्नुहोस्