लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयककाे प्रतिवेदन प्रतिनिधिसभामा पेश

IMG

तिलोत्तमा,साउन २९ गते २०८१। सङ्क्रमणकालीन न्यासम्बन्धी (टीआरसी) विधेयककाे प्रतिवेदन प्रतिनिधिसभा पेश भएकाे छ । आजकाे बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्नुभएको हो ।


प्रतिनिधिसभाले याे विधेयक समितिमा छलफलका लागि पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।लामो समयदेखि दलहरूबीच विधेयकका अन्तर्वस्तुमा सहमति जुट्न सकिरहेको थिएन । यसअघि विधेयकका चार वटा बुँदा विवादित भएपछि गएको असार १३ गते तीन सदस्यीय कार्यदल गठन गरेर कार्यदलले गम्भीर मानव अधिकारका उल्लङ्घनका घटना, नियतवश वा स्वेच्छाले घटाइएको घटना, मेलमिलाप र सजाय तथा बहिर्गमित लडाकु र सुरक्षाकर्मीको परिवारलाई परिपूरणबारे सहमति जुटाएको थियो ।

कमेन्ट गर्नुहोस्