लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल आउदै गरेको मलेशिया एयरलाइन्सको विमान याङ्गुनमा आपतकालिन अवतरण

IMG

साउन ५, २०८१ शनिबार,काठमाण्डौ – मलेशियाको क्वालालाम्पुरबाट काठमाण्डौ आइरहेको मलेशिया एअरलाइन्सको एम.एच. ११४ विमानले म्यानमारको याङ्गुन विमानस्थलमा आपतकालिन अबतरण गरेको छ ।याङ्गुनमा अबतरण गर्नुअघि आपतकालीन घोषणा गरेको भए पनि कारण भने नखुलेको मलेशियाको संचारमाध्ययम मलायमेल डक कमले जनाएको छ ।


विमान क्वालाम्पुर विमानस्थलबाट स्थानीय समय अनुसार राती आठ बजेर ४९ मिनेटका उडेको थियो । बोइङ ७३७–८०० नम्बरको त्यो विमान मलेशिया एअरलाइन्सले सन् २०१४ देखि प्रयोग गर्दै आएको थियो ।मलेशिया एअरलाइन्सले यस बारेमा थप विवरण उपलब्ध नगराएको पनि मलायमेल डट कमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्