लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रास्वपा तत्काल सरकारबाट नबाहिरिने

tillotmacitynews - 2024 Jul 04 12:38 PM
IMG

तिलोत्तमा सिटी, २०८१,असार २० गते । सत्ता साझेदार पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करिब २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल बाहिरिने सम्भावना कम भएको केन्द्रीय सदस्य एवं सङ्घीय सांसद अशोककुमार चौधरीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 


उहाँका अनुसार पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा रहने नरहनेबारे पार्टीमा छलफल जारी छ अहिलेलाई भने यथावत् नै हुने बताउनुभयो । पार्टीबाट गृहसहित चार जना मन्त्री सहभागी छन् । बुधवार नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि सत्ता गठबन्धनका दुई ठुला दल माओवादी केन्द्र र रास्वापका शीर्ष नेताबिचको बिहीबार बिहान प्रधानमन्त्रीसँग छलफल भएको थियो । 

कमेन्ट गर्नुहोस्