लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकीकृत समाजवादीकाे अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

IMG

तिलोत्तमा, असार २० गते २०८१। नेकपा (एकीकृत समाजवादी) काे अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएकाे छ ।काठमाण्डाैमा चलिरहेकाे महाधिवेशनकाे बन्दसत्रबाट अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत चयन गर्दै दाेहाेर्‍याएकाे हाे । यस्तै सम्मानित नेतामा झलनाथ खनाल दाेहाेरिनुभएकाे छ ।


अन्य पदाधिकारीकाे टुङ्गाे भाेलि बिहानसम्ममा टुङ्गाे लाग्न सक्ने एकीकृत समाजवादीले जनाएकाे छ । महाधिवेशनबाट २१ जना पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्