लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

tillotmacitynews - 2024 Jul 02 05:20 PM
IMG

तिलोत्तमा सिटी,२०८१ असार १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।


उनले नयाँ सरकार गठनको प्रक्रिया शुरु भएपछि आफुहरुले सरकारबाट राजीनामा दिने बताए । रास्वपाबाट हाल पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेका छन् भने उपसभापति डिपी अर्याल श्रममन्त्री, सुमन श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री रहेका छन् ।

कमेन्ट गर्नुहोस्