
तिलोत्तमा, असार ११ गते २०८१।खाडी मुलुक कुवेतले नेपालमा दूतावास खोल्ने भएको छ । उपप्रधनमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे जानकारी दिएका हुन् । श्रेष्ठका अनुसार कुबेतले यसै वर्ष नेपालमा राजदूतावास खोल्ने जानकारी गराएको छ ।कुबेतमा करिब एक लाख नेपाली कामदार कार्यरत रहेका र त्यो सङ्ख्या तीन लाखसम्म पुर्याउने जानकारी दिएको उनले बताए । नेपालको भने कुवेतमा यसअघि नै दूतावास रहेको छ ।
कमेन्ट गर्नुहोस्