लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ रुपन्देहीको स्थापना दिवस सम्पन्न

IMG

तिलोत्तमा, जेष्ठ ३० गते २०८१। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ रुपन्देहीको १९ औं स्थापना दिवस विभिन्न कार्यक्तम गरि मनाइएको छ । महासंघले स्थापना दिवसको अवसरमा आयोजना गरेको खुला रक्तदान कार्यक्तममा ४६ पिन्ट रगत संकलन भएको थियो , साथै महासंघले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.ईन्द्र ढकाललाई स्वागत, नेकपा एमालेको नवनिर्वाचित जिल्ला अध्यक्ष यज्ञ गैरे, सदस्यहरु सुनिल श्रेष्ठ र मेघदेव पन्तलाई सम्मान  गर्नुका साथै राष्ट्रिय चिकित्सक संघ नेपाल रुपन्देही गठन लगायतका कार्यक्रम समेत सम्पन्न गरेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा एमाले रुपन्देहीका नवनिर्वाचित अध्यक्ष यज्ञ गैरेले स्वास्थ्यकर्मीको भुमिका मानिसको जिवन संग जोडिएकाले स्वास्थ्यकर्मीलाई सम्मान गर्नुपर्ने बताए । उनले देशको आर्थिक स्थिती अनुसार स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले सेवा प्रदान गर्न खटिरहेकाले हरेक नागरिकले उनीहरुको समेत पिंडा बुझेर समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने बताए । स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउंदै अघि बढ्न स्वास्थ्यकर्मीले नै सघाउने भएकाले उनीहरुको क्षमता विकासमा राज्यले ध्यान दिनुपर्ने उनले बताए ।


कार्यक्रममा डा.विनिता भट्टराईको अध्यक्षतामा ७ सदस्यीय राष्ट्रिय चिकित्सक संघ नेपाल रुपन्देही समेत गठन भएको छ । जसको उपाध्यक्षमा डा.सुरेश अधिकारी, सचिवमा डा.आरिफ हुसेन, कोषाध्यक्षमा डा.प्रसुमा मल्ल, चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा डा.प्रकाश तिमिल्सेना, डा.सवाज खान , डा.असिम रेग्मी चयन भएको स्वास्थ्यकर्मी महासंघ नेपाल रुपन्देहीका अध्यक्ष रामेश्वर ढकालले जानकारी दिए ।


 

कमेन्ट गर्नुहोस्