लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युके जानचाहने विद्यार्थीलाई रियल ड्रिमले बुटवलमा शैक्षिक ईभेन्ट गर्दै

IMG

तिलोत्तमा, जेष्ठ २७ गते २०८१। रियल ड्रिम एजुकेसन कन्सल्टेन्स प्रालिले सेप्टेम्बर ईन्टेक लक्षित बुटवलमा ईभेन्ट गर्ने भएको छ । वृटिस एजुकेसनलाई प्रमोट गर्ने गरि युके स्पेशलिष्ट एजुकेसन सेवा दिदै आएको रियलले नया ब्यवस्थापन सहित जेठ २९ गते विद्यार्थीहरुलाई शैक्षिक इभेन्ट गर्ने भएको हो । रियल ड्रिमका अपरेसन डाईरेक्टर अर्जुन पौडेलले २१ वर्ष देखि युके (लण्डन) मा अध्ययन गर्ने विद्यार्थीहरुमा सेवा दिएको अनुभवकै कारण गुणस्तरीयता र विश्वासिलो भएको दाबी गरे । ‘बुटवलको कालिकापथ ( होराइजन लाइन ) मा पनि आठ वर्षदेखि सेवा दिदै आएका छौ ।’-उनले भने।


नेपालमा मात्र एस्क्लुसिभ र प्रिफर्ड गरि योर्क सेन्ट जोहन युनिभर्सिटि, ईस्ट लण्डन, वर्कसेस्टर लागायतका ६ युनिभर्सिटीसंग सहकार्य गर्दै आएको उनले बताए । यसैगरि अन्य विश्वका विभिन्न देशमा ४२ वटा विश्वविद्यालयसंग आवद्ध रहेको समेत बताए । हाल काठमाण्डौ, चितवन, बुटवल, युके र अस्ट्रेलियामा समेत शाखा रहेको रियलको २९ गते अब आउदो सेप्टेम्बर ईनटेक बारे, भिसा र कोर्षको नया अपडेटबारे जानकारी दिईने बताए । विशेष ईभेन्टमा कोर्षका बारेमा जानकारी, अभिभावकहरु प्रक्रिया र विश्वविद्यालय छनौटमा बिद्यार्थी र अभिभावक प्रत्यक्ष सहभागी हुन पाउने उनले बताए । ‘हामीले २ सय विद्यार्थीसहित अभिभावक आउने आकलन गरेका छौ ।’—उनले भने ।


सेप्टेबर र जनवरी दुई ईन्टेकमा युके जानेहरुले अग्रेजीमा राम्रो तयारी गरेमात्र जान सहज हुने उनले बताए । ब्याचलर अध्ययन गर्नेलाई न्युनतम ३ वर्षसम्म खर्च अभिभावकले ब्यहोर्नुपर्ने उनले बताए भने मास्टर अध्ययनका लागि थप सहज र लगानी तथा सेक्युर्ड समेत रहने उनको भनाई छ। विभिन्न ईन्टेक अनुसार फरकफरक देशमा हजारौ विद्यार्थी अध्ययनमा पठाउन सफल भएको रियल ड्रिम एजुकेसन कन्सल्टेन्स प्रालिले सो दिन आउने बिद्यार्थी सहभागीहरु मध्ये गोलाप्रथा बाट विभिन्न आकर्षक गिफ्ट ह्याम्पर समेत दिईने बताए ।

कमेन्ट गर्नुहोस्