
तिलोत्तमा, जेष्ठ १८ गते २०८१।विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । गर्मीको कारण अस्पतालमा बिरामी बढेको तथ्य लाई मध्येनजर गर्दै रगतको यो अभावलाई केहि हदसम्म कम गर्ने उद्देश्यले वडास्तरिय टोल बिकास सस्था संजाल समिती - तिलोत्तमा १४ र तिलोत्तमा रक्तदाता समाजको आयोजनामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
टोल संजालका अध्यक्ष देब बहादुर बगालेको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न सो रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको अर्जुन क्षेत्री हापुले जानकारी दिनुभयो। टिकुलीगढ स्वास्थ्य चौकी प्राङ्गणमा भएको सो कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले रक्तदान सबै भन्दा महादान भएकोले स्वास्थ्यले साथ् दिएका सबैले नियमित रुपमा रक्तदान गर्न आग्रह गरेका छन्। नगर प्रमुख खाणले समाजमा यस्तो क्रियाकलाप र कार्यक्रमले युवाहरुलाई एकताको सुत्रमा बाध्न सहयोग गर्ने बताए।
तिलोत्तमा वडा नम्बर-१४ का अध्यक्ष अस्विन पौडेलको बिशिष्ठ अतिथ्यता रहेको कार्यक्रममा तिलोत्तमा १४ का १४ वटा टोल बिकास समितीका अध्यक्षहरु, तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोबिन्द बन्जाडे, स्थानिय क्लब, युवा समूह, महिला समुहका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्