लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गोल्डेन आइकन तथा गोल्डेन आइडल सिजन-२ सम्पन्न

IMG

तिलोत्तमा,२०८१ जेष्ठ १० गते। गोल्डेन डान्स कला केन्द्रद्वारा आयोजना गरिएको गोल्डेन डान्सिङ्ग मोडलिङ आइकन २०८१ को सिजन २ सम्पन्न भएको छ।प्यारामाउण्ट बोडिङ्ग स्कुलकि छात्रा सिजन २ को उपाधि चुम्न सफल एलिना आले बनेकी छन् भने प्रतियोगितामा  फस्ट रनर अप डन मोडल एकेडमीकि छात्रा सोनिस थापा त्यस्तै गरि  डन मोडल एकेडमीकै छात्राहरु आयुषा खनाल सेकेण्ड रनर अप , दिव्याम क्षेत्री थर्ड रनर अप भएकी थिइन्। 


प्रतियोगितामा विनर एलिना आलेलाई नगद रु १५ हजार सहित शिल्ड क्राउन र अन्य गिफ्ट ह्यामपर प्राप्त गरेकी छन् भने फस्ट रनर अपले १० हजार सेकेण्ड रनर अपले ५ हजार र थर्ड रनर अपले ३ हजार रुपैया सहित शिल्ड क्राउन र अन्य गिफ्ट ह्यामपर प्राप्त गरेका थिए। प्रतियोगितामामा बेस्ट मोडल डन मोडल एकेडमी छात्रा गिरिस्का भण्डारी आयोजकबाट रु १ हजार ५ सय सहित पुरस्कृत भएकी छिन। त्यस्तै प्रतियिगीताको डान्स तर्फ गोल्डेन डान्सिङ्ग मोडलिङ आइकन २०८१ सिजन २ मा विनर बनेकी छन्  इण्टलेक्च्युयल स्कुलका छात्रा तनु सिङ्गजाली, भने मेडिटेक एकेडेमीका छात्रा प्रियंका कोइराला, सेकेन्ड रनर अप कान्ती स्कुलका छात्रा खुसी केसी, र त्यस्तै सैनामैना मेमोरियल स्कुलका छात्रा थर्ड रनर अप रिजम गिरी भएका थिए।


आयोजकका तर्फबाट बेस्ट डान्स प्यारामाउन्ट बोडिङ्ग स्कुल छात्रा संस्कृति बस्याल हुँदै १ हजार ५ सय पाएकी थिइन्। प्रतियोगितामा विनरलाई नगद रु १५ हजार सहित शिल्ड क्राउन र अन्य गिफ्ट ह्यामपर प्राप्त गरेकी छन् भने फस्ट रनर अपले १० हजार सेकेण्ड रनर अपले ५ हजार र थर्ड रनर अपले ३ हजार रुपैया सहित शिल्ड क्राउन र अन्य गिफ्ट ह्यामपर र मायाको चिनो प्राप्त गरेका थिए।  


योगीकुटी स्थित एसियन पार्टी प्यालेसमा सम्पन्न ५० जना प्रतिस्पर्धीलाई पछि पार्दै सफल भएका प्रतियोगितामा सहभागीहरुले निर्णायकले सोधेका अप्रशन हरुको जवाफ दिंदै आफ्ना प्रस्तुति राखेका थिए। आयोजक तिलोत्तमा नृत्य निर्देशक संघकी अध्यक्ष तृष्णा श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा उद्योग व्यापार संगठनको अध्यक्ष प्रेम जि‌.यम, रहेका थिए भने राष्टिय कलाकार अन्जली रेग्मी, तथा स्थानिय कलाकारहरुले आइकन र आइडलको प्रस्तुति राखेका थिए। कार्यक्रमको संयोजकको रुपमा सिता पाण्डे रहेकी थिइन्। बसन्त रोक्काको बिशेष आतिथ्यता रहेको कार्यक्रममा सहभागीहरुलाई आयोजकका तर्फबाट तिलोत्तमा नृत्य निर्देशक संघकी अध्यक्ष तृष्णा श्रेष्ठले धन्यबाद ज्ञापन गरेकी थिइन्। 

कमेन्ट गर्नुहोस्