लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेश सभाका दुई सदस्य नवगठित जसपामा

tillotmacitynews - 2024 May 13 05:35 PM
IMG

तिलोत्तमा सिटी,२०८१ वैशाख ३१ गते //  बाँके जिल्लाबाट निर्वाचित हुनुभएका लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी (जसपा) मा खुल्नुभएको छ। 


प्रदेश सभा सदस्य आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा पुगेर जसपाको पक्षमा सनाखत गरेको प्रदेश सभा सदस्य अग्रवालले बताउनुभयो। उहाँले आफू र लुम्बिनी प्रदेशका कृषि मन्त्री रहनुभएका यादव नवगठित जसपामा रहेको जानकारी निर्वाचन कार्यालयलाई गराएको बताउनुभयो। 


दुवै जना बाँके क्षेत्र नम्बर २ को १ र २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुनुहुन्छ। यादव दोस्रो पटक लुम्बिनी प्रदेशको कृषि मन्त्री बन्नु भएको छ। जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेशमा ३ जना सांसद रहेकोमा दुई जना नवगठित जसपामा खुल्नु भएको हो। समानुपातिक सांसद अम्बिका काफ्लेले अझै कुनै प्रतिक्रिया दिनुभएको छैन। 


लुम्बिनी प्रदेशबाट निर्वाचित अधिकांश जनप्रतिनिधि नवगठित जसपामा खुल्दै गएको जसपा लुम्बिनी प्रदेशले जनाएको छ। 

कमेन्ट गर्नुहोस्