लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

६ हजार ४३९ मतले इलाममा एमाले अगाडि

tillotmacitynews - 2024 Apr 29 09:23 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख १७ गते । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर ६ हजार ४३९ पुगेको छ । पछिल्लो परिणाम अनुसार उहाँले १९ हजार ११४ मत पाउनुभएको छ । 


नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६७५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४१० मत प्राप्त गर्दा रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले ३ हजार २४२ मत ल्याउनुभएको छ। शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ ।  

कमेन्ट गर्नुहोस्