लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

'प्रदेशको शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन हुन्छ': विकास मन्त्री खत्री

tillotmacitynews - 2024 Apr 29 09:21 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख १७ गते । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत प्रदेशको शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तनको आभास दिने बताउनुभएको छ । 


मन्त्रालयको आयोजनामा सोमबारदेखि सुरु भएको दुई दिने शिक्षण संस्था सुधार योजना निर्माण सम्बन्धी कार्यशालाको बाँकेको कोहलपुरमा उद्घाटन गर्दै मन्त्री खत्रीले युवा शक्तिलाई सकारात्मक सोच हातमा सीप दिन सकेमा पक्कै पनि परिवर्तन देखाउने बताउनुभएको हो ।


मन्त्री खत्रीले भन्नुभयो, ‘समयमै सम्बोधन गर्न नसक्ने हो भने गाउँहरू वृद्धाश्रम बन्ने खतरा देखिएको छ, यसखालका चुनौती हल गर्दै सकारात्मक परिवर्तन दिन पहल गर्नेछौँ ।’ युवाहरू विदेशका विश्व विद्यालयमा अध्ययनका लागि जानुलाई गलत नभएको भन्दै उहाँले तर उनीहरू उच्च शिक्षा हासिल गरेपछि स्वदेश फर्किने अवस्था बनाउन सबैजना लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्राविधिक शिक्षा उत्तीर्ण गरेका युवाहरू कुन अवस्थामा छन् भनेर खोजी गरी उनीहरूलाई रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । यसका लागि मन्त्रालयले नीतिगत निर्णय गर्ने उहाँको भनाइ छ । 


सामाजिक विकास मन्त्रालयका उपसचिव दिवाकर भण्डारीका अनुसार युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परियोजना अन्तर्गत प्रदेशका ५३ शैक्षिक संस्थामा कार्यान्वयनमा छ । तर प्राविधिक शिक्षामा विद्यार्थीको अभाव रहेको लगायतका समस्या छन् । 

कमेन्ट गर्नुहोस्