लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नयाँ वर्षमा गृहमन्त्री लामिछानेले बाँडे प्रहरी र सर्वसाधारणलाई मिठाइ

tillotmacitynews - 2024 Apr 13 09:00 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख १ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नयाँ वर्ष २०८१ को अवसरमा प्रहरी कर्मचारी र सर्वसाधारणलाई मिठाइ बाँडेका छन् ।


शनिबार विहान थापाथलीको सडकमा उनले प्रहरी कर्मचारी र सर्वसाधारणसँग नयाँ वर्षको खुशियाली साटासाट गर्ने क्रममा मिठाइ बाँडेका हुन् । पैदल हिँडेका र सवारी साधनमा यात्रा गरिरहेकाहरुलाई उनले मिठाइ दिँदै शुभकामना आदानप्रदान गरे । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई साथै लिएर थापाथली पुगेका उनले प्रहरी संगठनलाई हौसला दिन र आम नागरिकलाई शुभकामना दिन नयाँ को मनोबल बढाउनका लागि नयाँ सुरुवात गरेको बताए ।


‘गृह मन्त्रालय सम्हालेको हिसाबले पनि आफ्नो परिवारसँग नयाँ वर्ष सरुवात गरौं, उहाँहरुलाई हौसला प्रदान गरौं, त्यो सँगसँगै आम नागरिक पनि हाम्रो परिवार नै हो, उहाँहरुलाई शुभकामना दिऔं भनेर गरिएको हो’, उनले भने । उपप्रधानमन्त्री लामिछानेले सुरक्षाको प्रत्याभूति गर्दै रातिको समयमा पनि शहर चलायमान बनाउने बताएका छन् ।

कमेन्ट गर्नुहोस्