लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन हुने

tillotmacitynews - 2024 Apr 13 08:53 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख १ गते । सरकारले वैशाख ६ र ७ गते  भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सूचना निकाल्दै  वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।  


सोही सययमा बालबालिकालाई छुट खोप पनि लगाउन उहाँको अनुरोध गरेको छ । नियमित खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ ।


खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने हुँदा सबै नियमित खोप बालबालिकालाई लगाउन डा. बुढाथोकीको सुझाव छ ।

कमेन्ट गर्नुहोस्