लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरकार विस्तारपछि विकासको खाका बनाउँछौं : मुख्यमन्त्री महरा

tillotmacitynews - 2024 Apr 09 05:18 PM
IMG

तिलोत्तमा सिटी,२०८० चैत्र २७ गते । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले सदनबाट विश्वासको मत ल्याएर सरकारलाई पूर्णता दिएपछि प्रदेशको विकासको खाका तय गर्ने बताएका छन् । उनले सत्ता र प्रतिपक्ष सबैसँगको सहकार्यमा काम गर्ने बताए ।


छिट्टै विश्वासको मत लिने, बिनाविभागीय मन्त्री चेतनारायण आचार्य, दिपेन्द्रकुमार पुन मगर र भण्डारीलाल अहिरलाई मन्त्रालयको चाँडै जिम्मेवारी तोकिने र सरकार विस्तारलाई एक महिनाभित्रै गरिने उनको भनाइ छ । देउखुरीमा ईकान्तिपुरसँगको संक्षिप्त कुराकानीमा मुख्यमन्त्री महराले प्रदेशका १२ जिल्लामा अहिले भैरहेको विकास योजनालाई निरन्तरता दिँदै सबै मन्त्रालयका मन्त्री चयन गरेपछि सामूहिक रूपमा छलफल गरेर प्रदेश विकासको योजना ल्याउने बताए । उत्पादनसँग जोड्दै, बेरोजगारी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत जस्ता जनताका आधारभूत आवश्यक्तामा प्रदेशवासी नागरिकको सहज पहुँच सेवालाई थप प्रभावकारी गराउने जिम्मेवारी सरकारले लिने उनले बताए ।


‘संघीय गणतन्त्रलाई संस्थागत विकास गर्न प्रदेशलाई बलियो र प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्छु,’ उनले भने, ‘पूर्वाधार विकास, उत्पादन, रोजगारी र नागरिकको सेवामा पहुँच बढाउने जस्ता विकास तथा सुशासन दिने काम सरकारको हो ।’

कमेन्ट गर्नुहोस्