लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादीले गर्ने

tillotmacitynews - 2024 Apr 02 06:38 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत २०  गते । नयाँ सत्ता समीकरणसँगै लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने भएको छ । केन्द्रमा सत्ता गठबन्धनका चार दलबीच प्रदेशहरुको बाँडफाटमा लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको मुख्यमन्त्री हुने सहमती जुटेको बताइएको छ ।


नेकपा एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक तुलसी चौधरीले भने सहमती बारे आधिकारिक रुपमा आफूलाई कुनै जानकारी नआएको बताएका छन् । सहमती भएको बारे आफूले हल्ला सुनेको बताउँदै उनले आज (सोमबार) साँझसम्म सबै कुराको टुङ्गो लाग्ने प्रतिक्रिया दिए । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४/४, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३/३, स्वतन्त्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १/१ जना सांसद छन्। लुम्बिनीमा १० राजनीतिक दलको प्रतिनिधित्व छ। सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा समझदारी भएको हो।


जसअनुसार लुम्बिनी र बागमती प्रदेश सरकारको नेतृत्व माओवादीले गर्ने, गण्डकी, कर्णाली र कोसीको नेतृत्व एमालेलाई दिने सहमति भएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति र एकीकृत समाजवादीलाई आलोपालो गर्ने सहमति भएको छ। मधेस प्रदेशको मुख्यमन्त्री जसपालाई दिने सहमति भएको स्रोतले बताएको छ ।

कमेन्ट गर्नुहोस्