लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भरुवा बन्दुकसहित सैनामाना र रैनादेवीका ४ व्यक्ति पक्राउ

IMG

तिलोत्तमा,२०८० चैत्र १३ गते।भरुवा बन्दुकसहित रुपन्देहीको सैनामैना निवासी २ जना तथा पाल्पा रैनादेवी छहराका २ गरी ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेमा सैनामैना नगरपालिका–५ घर भएका ३१ वर्षीइ सन्तोष राना, सैनामैना–१० का ४१ वर्षीय सुकई थारु, पाल्पा रैनादेवी छहरा गाउँपालिका–७ का ५६ वर्षीय विनोद थापा र सोही ठाउँका वुद्धबहादुर भन्ने २४ वर्षीय रमेश कुमाल रहेका छन् ।


रैनादेवी छहरास्थित अस्थाई प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ शंका लागि चेकजाँच गर्ने क्रममा सैनामैनाका सुकई थारु र सन्तोष राना तथा रैनादेवीका विनोद थापाको साथबाट बन्दुकमा प्रयोग हुने गोलीका छर्रा र बारुद बरामद गरिएको प्रहीले जनाएको छ । नियन्त्रणमा लिएर उनीहरुलाई सोधपुछ गर्ने क्रममा रैनादेवीकै बुद्धबहादुरको घरमा बन्दुक भएको बयानका आधारमा प्रहरीले खानतलासी गर्न पुगेको थियो । सो क्रममा बुद्धबहादुरको घरबाट एक नाले बन्दुक एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


कमेन्ट गर्नुहोस्