लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दोषी देखिए रवि लामिछानेलाई कारबाहीबाट रोक्न कसैले सक्दैन : प्रधानमन्त्री

tillotmacitynews - 2024 Mar 19 07:21 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा कैफियत गरेको देखिए उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नबाट कसैले रोक्न नसक्ने बताएका छन् ।आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सहकारी ठगी प्रकरणमा हालसम्म गृहमन्त्री लामिछानेको भूमिका नदेखिएको बताए । यद्यपि, पछि कैफियत देखिएमा उनलाई कारबाही गर्नबाट कसैले रोक्न नसक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 


तर, रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको भनेर कांग्रेसले राजनीतीकरण गरेको प्रधानमन्त्रीको आरोप छ । सरकार निकाय तथा प्रहरीसँग आफूले लिएको ब्रिफिङमा गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता नदेखिएको भन्दै उनले सदनमा अवरोध नगर्न कांग्रेसलाई आग्रह गरे । 

कमेन्ट गर्नुहोस्