लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रज्ञा–प्रतिष्ठानद्वारा १० वटा प्रज्ञा पुरस्कारको घोषणा

IMG

तिलोत्तमा,२०८० चैत्र ५ गते।नेपाल प्रज्ञा–प्रतिष्ठानले १० जना विशिष्ट प्रतिभाहरूलाई प्रज्ञा पुरस्कार २०८० प्रदान गर्ने निर्णय गरेको छ । प्रज्ञा–प्रतिष्ठान कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।बैठकको निर्णयअनुसार खगेन्द्र सङ्ग्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार , मोहनविक्रम सिंहलाई प्रज्ञा दर्शन पुरस्कार , शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिक शास्त्र पुरस्कार , घनश्याम शर्मा पौडेललाई प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार ,प्रा।डा।देवीप्रसाद गौतमलाई प्रज्ञा भाषा पुरस्कार ,बम देवानलाई प्रज्ञा साहित्य पुरस्कार (पद्य) ,राजवलाई प्रज्ञा साहित्य पुरस्कार (गद्य), गङ्गा कर्माचार्यलाई प्रज्ञा बाल पुरस्कार र पदम विश्वकर्मालाई प्रज्ञा अन्तर्देशीय पुरस्कार प्रदान गर्ने भएको छ ।


प्रत्येक वर्ष प्रदान गरिँदै आएका यी पुरस्कारहरूको राशि जनही एक लाख रुपियाँ रहेको छ । यस मध्ये प्रज्ञा मातृभाषा साहित्य पुरस्कार २०८० पहाडी हिमाली क्षेत्रबाट डा. योगेन्द्रमान प्रधानाङ्ग तथा तराई मधेस क्षेत्रबाट बेचन उराँवलाई यसअघि नै अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ का अवसरमा सुनसरीस्थित धरानमा प्रदान गरिएको प्रज्ञा– प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्