लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सेयर बजार घट्दा ९४ कम्पनीको मूल्य बढ्यो

IMG

तिलोत्तमा सिटी २०८० फागुन ३० गते । बुधबार सेयर बजारको परिसूचक नेप्से २.४८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २१०८ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५५ करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडको भयो । कुल ९४ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने १६ को स्थिर रह्यो ।


फाइनान्स समूह सबैभन्दा धेरै २.३२ प्रतिशत बढ्यो भने होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१४ प्रतिशत घट्यो । बैंकिङ १, होटल तथा पर्यटन ६१, हाइड्रोपावर २८, उत्पादन १०, निर्जीवन बीमा ६१, ब्यापार ३ अंक घटे । अन्य ८, माइक्रोफाइनान्स १७, जीवन बीमा १०, फाइनान्स ४३ र विकास बैंक समूह १४ अंक बढे ।


मूल्य धेरै बढ्नेमा यस दिन माइक्रोफाइनान्स कम्पनीहरु अगाडि रहे । विन नेपाल लघुवित्त, उन्नती सहकार्य लघुवित्त, आत्मनिर्भर लघुवित्त र समाज लघुवित्तको मूल्य ९ देखि ९.९ प्रतिशतसम्म बढ्यो । जनउत्थान सामुदायिक लघुवित्तको मूल्य ७.८, गोर्खाज फाइनान्सको मूल्य ७.५ प्रतिशत बढ्यो ।


माथिल्लो तामाकोशीको मूल्य १० प्रतिशत घट्यो । दोर्दीको ४.५ र बलेफी हाइड्रोको ३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, माथिल्लो तामाकोशी र गोर्खाज फाइनान्सको मूल्य क्रमशः अगाडि रहे ।

कमेन्ट गर्नुहोस्