लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा ५ मा पाठेघर क्यान्सरसम्बन्धी निःशुल्क शिविर

IMG

तिलोत्तमा सिटी २०८० फागुन २२ गते ।  तिलोत्तमा नगरपालिका वार्ड नं ५ मा पाठेघर क्यान्सरसम्बन्धी निःशुल्क शिविर आयोजना गरिएको छ। रोटरी क्लव अफ बुटवल डाउनटाउन तथा ओम महिला बाल अस्पतालको संयुक्त आयोजनामा तिलोत्तामा वडा नं ५ को सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो। यस शिविरमा २०० जना महिलाहरुको  स्वास्थ्य परीक्षण गरिएको जसमध्ये ४२ जनामा पाठेघरको समस्या देखिएको तिमध्ये २२ जनालाइ क्यानसरको आशंका गरिएको र ६ जनाको पाठेघर फाल्नुपर्ने समस्याका विरामी आएको रोटरी क्लव अफ बुटवल डाउनटाउनका अध्यक्ष कमला मल्ल हमालले जानकारी दिइन ।


पाठेघरमा समस्या देखिएका महिलालाइ निशुल्क औषधि दिइएको र थप उपचार गर्नुपर्ने विरामीलाइ अस्पतालमै उपचार गरिने छ। महिला दिदिबहिनिको स्वास्थ्यलाइ लिएर वार्ड गम्भिर रहेको र समयसमयमा स्वास्थ्य परिक्षण साथै शिविरका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको र भविस्यमा पनि प्राथमिकता दिने वार्डका वडा अध्यक्ष रमेश डुम्रेले बताए।  


उक्त कार्यक्रमा रोटरी क्लव अफ बुटवल डाउनटाउनका अध्यक्ष कमला मल्ल हमालको अध्यक्षता , तिलोत्तमा ५ वडा अध्यक्ष रमेश डुम्रेको प्रमुख आतिथ्यता,ओम अस्पतालका अध्यक्ष सारदा तिवारी, डा सर्मिला शर्मा,वडाका जनप्रतिनिधि, आमा समुह, क्लबहरु लगायत सथानिय महिलाहरुको उपस्थिति रहेको थियो ।  

कमेन्ट गर्नुहोस्