
तिलोत्तमा,२०८० फाल्गुण २० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न अनियमितामा मुछिएका मुख्यसचिव वैकुण्ठ अर्याललाई पदबाट राजीनामा गर्न सुझाव दिएका छन् । मुख्य सचिवले भने आनाकानी गरिरहेको बालुवाटार स्रोतले बतायो ।टेरामक्स प्रकरणमा मुख्य सचिव अर्यालसमेतलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा लैजाने अन्तिम तयारी गरेको छ ।मुद्दा दायर गर्नुअघि अर्यालको राजीनामाको पर्खाइमा छ अख्तियार । बहालबाला मुख्यसचिवमाथि मुद्दा दायर गर्दा समग्र कर्मचारीतन्त्रको मनोबल गिर्न सक्ने भएकाले अख्तियारले उनले राजीनामा दिउन् भन्ने चाहेको हो । यो सन्देश सरकारमार्फत मुख्यसचिवसम्म पुर्याइएको थियो ।
यसै विषयमा कुरा गर्न प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव अर्याललाई बोलाएर बालुवाटारमा भेटेको उच्च स्रोतले बतायो । भेटमा प्रधानमन्त्रीले मिडियामा आएका समाचारहरु उद्वृत गर्दै अर्याललाई राजीनामा गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहमा अर्यालले सकारात्मक प्रतिक्रिया दिएको स्रोतको दावी छ ।तर, उनले राजीनामा दिएनन् । अर्को दिन राजीनामा नदिने सन्देश उनले पठाएका छन् ।‘आफूले राजीनामा गर्दा आरोप स्वीकार गरेको सन्देश जाने भएकाले मनस्थिति बदल्निुभएको देखियो’, स्रोतले भन्यो ।मुख्यसचिवले राजीनामा नदिएर नियमित काम गरिरहेकोमा प्रधानमन्त्री उनीसँग असन्तुष्ट बनेका छन् । अर्यालका कारण आफ्नो र सरकारको छविमा पनि आँच आउन सक्ने भन्दै प्रधानमन्त्रीले थप दवाव दिएर राजीनामा गर्न लगाउने सम्भावना पनि रहेको बताइएको छ ।
टेरामक्स प्रविधिका उपकरण खरिदमा भएको अनियमितता प्रकरणमा मुछिएका तत्कालीन सञ्चारसचिव अर्यालले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको अनिमितता प्रकरणमा पक्राउ परेका विकल पौडेलसँग आर्थिक लेनदेन गरेको तथ्य समेत बाहिरिएको छ । यसबाट उनी थप दवावमा परेका छन् । आफूमाथि लागेका आरोपको पौडेलले बलियो बचाउ गर्न सकिरहेका छैनन् । साभार नेपाल प्रेस
कमेन्ट गर्नुहोस्