लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राती ढिलो सुते के हुन्छ ? ढिलो सुत्ने बानीले यस्तो होला !

IMG

राम्रो निन्द्रा सबैका लागि आवश्यक छ । व्यस्त तथा थकान समयमा राम्रो निन्द्रा लिन सके व्यक्ति स्वस्थ तथा थप ऊर्जाको महसुस गर्दछ । राती राम्रोसँग सुते बिहान उत्तम महसुस गछौं । हाम्रो सुत्ने समय नै राम्रो निन्द्राको महत्त्वपूर्ण सूत्र हो  । राति ढिलो सुत्नाले बिहान राम्रो महसुस नगर्ने हामी मध्ये धेरैले अनुभव गरेका छौं । मानिसहरू सचेत रहँदा रहँदै पनि कार्य व्यस्तताका कारण पनि राति अबेर सम्म काम गर्नुपर्ने हुन्छ ।सूर्योदय देखि सूर्यास्तसम्म वायुमण्डलमा राम्रो अथवा घडीको सुईको दिशामा घुम्ने स्पन्दन कार्यरत रहन्छ । सूर्यास्त उपरान्त वायुमण्डलमा घडीको सुईको विपरीत दिशामा घुम्ने अथवा अनिष्ट स्पन्दनहरू घुम्न आरम्भ हुन्छ । त्यसैले हामीद्वारा गरिने कर्मबाट मिलने लाभ क्रमशः घट्दै जान्छ । यो सूत्रलाई अझै विस्तारसँग बुझ्नको लागि आउनुहोस् सूर्यास्त देखि सूर्योदयसम्म १२ घण्टाको ३ घण्टालाई ४ भागमा/कालखण्डमा विभाजित गरौँ । सूर्यास्त उपरान्त हामीद्वारा गरिएको कर्मबाट मिल्ने लाभ कसरी प्रभावित हुन्छ तलको आकृतिले दर्साउँदछ । (यो उदाहरणमा हामीले साझको सूर्यास्तको समय ६.०० बजे र बिहान ६.०० बजेको समयको सूर्योदयलाई लिएका छौं  ।)


सूर्यास्त उपरान्तको कालमा मूलभूत रज-तमोगुण कार्यमा वृद्धि हुन्छ । रात बढ्दै जाँदा मूलभूत सूक्ष्म रज-तमोगुणमा पनि वृद्धि हुँदै जान्छ । मूलभूत सूक्ष्म रज-तमोगुण राम्रो कर्मको लागि अनुकूल हुँदैन । त्यसैले जब हामी सूर्यास्त उपरान्त केही गर्न चाहन्छौँ, तब हामी यस वृद्धिगत मूलभूत सूक्ष्म रज-तमोगुणको विरोधमा काम गर्नु पर्छ । परिणामस्वरूप वृद्धिगत मूलभूत सूक्ष्म रज-तमोगुणको नकारात्मक प्रभाव कम गर्न अधिक शक्तिको व्यय हुन्छ । अन्तमा कुनै पनि कार्य पूरा गर्नको लागि अधिक शक्ति खर्च गर्नुपर्छ ।मूलभूत सत्त्व, रज, तम गुणमा हुने उतार-चढाव ५% सम्म हुन्छ । बिहानको पहिला केही घण्टाको कालखण्डमा मूलभूत सूक्ष्म सत्त्व गुण अत्यधिक मात्रामा हुन्छ । जब घाम उदाउँदै जान्छ; अर्थात् दिउँसो सूक्ष्म रजोगुण बढ्दै जान्छ । सूर्य ढलेपछि मूलभूत सूक्ष्म तमोगुण बढ्न थाल्दछ र रातिको १२.०० बजे देखि ३.०० बजेसम्म अत्यधिक मात्रामा हुन्छ । त्यसैले बिहानको समयको केही घण्टा राम्रो कार्य पूर्ण गर्नको लागि अनुकूल हुन्छ । यसको कारण हो वायुमण्डलमा विद्यमान वृद्धिगत सात्त्विकता व्यक्तिको कार्य गर्ने क्षमतामा वृद्धि गर्दछ र मूलभूत सूक्ष्म रज-तमोगुण कम हुनको कारण कार्यमा हुने विरोध कम हुन्छ ।


सूर्यास्त उपरान्त मूलभूत सूक्ष्म तमोगुणमा बिस्तारै-बिस्तारै वृद्धि हुनको कारण अनिष्ट शक्तिको प्रभाव दुई प्रकारले बढ्दछ । वायुमण्डलको कालो शक्ति सङ्गृहीत गर्ने क्षमतामा वृद्धि हुने । र यो शक्तिको उपयोग गर्ने क्षमतामा वृद्धि हुन्छ, उदाहरणको लागि व्यक्तिको प्राण शक्ति घटाइ दिने र उसको मनमा नकारात्मक विचारहरू हाली दिने हुन्छ ।यसको प्रभाव गोधूलि समय देखि बढ्न थाल्दछ र मध्यरात्रिमा त्यो अत्यधिक मात्रामा रहन्छ । रात्रिको १२.०० बजे देखि ३.०० बजे सम्मको कालखण्ड त्यसको अत्यधिक प्रभावको कालखण्ड हुन्छ । माथि गरिएको विवेचन अनुसार यो कालखण्डमा गरिएको साधनाको फल पनि न्यूनतम हुन्छ । त्यसैले हामी माथि आक्रमण हुने आशङ्का पनि यस समय अधिक हुन्छ ।


त्यसैले राति ढिलो सुत्नाले शारीरिक र मानसिक दुष्प्रभाव अतिरिक्त, आध्यात्मिक स्तरमा पनि हानि हुन्छ । साथै राति ढिलो सुत्नाले बिहान पनि ढिला उठ्दछौँ । माथि उल्लेख गरे अनुसार मूलभूत सूक्ष्म सत्त्व गुण सूर्योदय पूर्व तथा सूर्योदयपछि केही घण्टा अत्यधिक हुन्छ । अतः बिहानको समयमा कार्य नगर्नाले वृद्धिगत सात्त्विकताको लाभ पाउँदैनौँ । त्यसैले ब्रह्ममुहूर्त को लाभ पाउने दृष्टिकोणले राती ढिलो सुत्नु राम्रो हुँदैन ।

कमेन्ट गर्नुहोस्