
शारदा शाही ठकुरी,तिलोत्तमा,२०८० फाल्गुण ५ गते।तिलोत्तमा नगरपालिका वार्ड नम्बर ९ शंकरपुर टोलबिकाश समितिको आयोजना तथा भैरहवा मेडिकल कलेजका डाक्टरहरुको सहयोगमा आज नि:शुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । शंकरपुर लुम्बिनी ट्याक्टर समितिको सभाहलमा भएको उक्त शिविरमा ८४ बर्षका बृद्ध देखि ४ बर्षका बालक सम्मले दन्त परिक्षण गरेका थिए ।
दातका रोगी तथा अन्य गरि जम्मा एक सय बीस जनाले आफ्नो दन्त परिक्षण गरेका थिए ।शिविरमा नि:शुल्क परिक्षण गरिनुको साथै सामान्य दातका रोगिहरुलाई निशुल्क औषधि बितरण पनि गरिएको थियो ।टोल बिकास संस्थाका अध्यक्ष हर्क पुनका अनुसार पछिल्लो समय खानपानले गर्दा बिग्रिएको दांतको उपचारमा मानिसहरुले हेल्चेक्र्याई गर्नाले मुख तथा दांत सम्बन्धी रोग बढेको हुनाले दांत शिविरको आयॉजना गरिएको बताए।
कमेन्ट गर्नुहोस्