लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

"स्व. गोपाल बश्याल स्मृति वक्तृत्वकला प्रतियोगिता एबम छात्रवृत्ति बितरण कार्यक्रम

IMG

तिलोत्तमा,२०८० फाल्गुण २ गते।गीर्वाण सरस्वती संस्कृत तथा साधारण मा. वि., तिलोत्तमा -५, मणिग्राम मा "स्व. गोपाल बश्याल स्मृति वक्तृत्वकला प्रतियोगिता एवम् विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । ´पूर्व विद्यार्थी समूह - २०६३` द्वारा विद्यालयमा अध्ययनरत  बिपन्न तथा जेहेन्दार ३४ जना विद्यार्थीहरुलाई  शैक्षिक सामग्री वितरण गरिएको हो । बक्तृत्वकला प्रतियोगितामा प्रथम द्वितीय र तृतिय हुने विद्यार्थीहरुलाई  पुरस्कार वितरण गरिएको छ भने प्रतियोगिताका निर्णायक मण्डललाई मायाको चिनो प्रदान गरिएको थियो।


भू. पू. विद्यार्थी केशरनाथ पाण्डेयको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमदत्त सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सन्चालन नवराज भण्डारीले गर्नु भएको थियो। रिजन पाण्डेकोको स्वागत मन्तव्यमा सुरु भएको कार्यक्रममा  कार्यक्रमका बिशिस्ट अतिथि  तथा प्र. अ. केदार चन्द्र पराजुली , प्रमुख अतिथि  तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमदत्त सुवेदी , पूर्व  विद्यार्थी कृष्ण भट्टराई  लगायतले आ आफ्नो  मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा २०६३ ब्याचका विद्यार्थीहरु, विद्यालयका शिक्षक शिक्षिका तथा अध्ययनरत विद्यार्थीहरु र स्व. गोपाल बश्यालको जिवनसाथी दिपा पौडेल बश्याल तथा बुवा घनश्याम बश्यालको पनि उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्