
तिलोत्तमा सिटी,२०८० फाल्गुण १ गते। तिलोत्तमा नगर वडा नम्बर ५ कमिटीको आयोजनामा मणिग्राम चोकमा दीप प्रज्ज्वलन गरिएको छ। जनयुद्ध दिवसको अवसरमा जनयुद्धमा साहदत प्राप्त गर्ने शहीदहरूको सम्झना दीप प्रज्ज्वलन गरिएको वडा कमिटिका अध्यक्ष डायमण्ड गिरि (हिरा)ले बताएका छन्। जनताले प्राप्त गरेको हक अधिकार र पहिचान जनयुद्धले प्राप्त गर्न ठुलो भूमिका खेलेको र पछिल्लो समय सामाजिक संजालमा जनयुद्धलाई अपराधिकरण गरिको प्रति आक्रोस व्यक्त गर्दै जनयुद्धबिना देशको हालको शासन ब्यबस्था आउन नासकें समेत जिकिर गरे।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका नगर कमिटि अध्यक्ष बेल प्रसाद शर्माले तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धका कारण आज देशमा गणतन्त्र स्थापना भएको र जनताले आफ्नो हक अधिकार पाएको बताए। शर्माले आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने शहीदको योगदान र त्यागलाई बिर्सन नहुने जिकिर गरे।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका धन बहादुर गुरुङ,पवित्रा गौतम ,अप्सना तिवारी लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। यसैबीच नेकपा माओबादी केन्द्रले तिलोत्तमाको शंकर नगर बनबाटिकामा सर्बदलिय उपस्थितिमा जनयुद्ध दिवस कार्यक्रमको चियापान तथा शुभकामना आदानप्रदान आयॉजना गरेको छ। बेल प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ज्येष्ठ कम्युनिष्ट मंच प्रदेश अध्यक्ष प्रेम खनाल,नेकपा माले, जनमुक्ति पार्टी, रास्वपा , र नेकपा विप्लबका प्रतिनिधिहरुको समेत उपस्थिति थियो।सो कार्यक्रममा नगर अध्यक्ष बेल प्रसाद शर्मा, नगर इन्चार्ज धन बहादुर गुरुङ, नगर सह इन्चार्ज रामु साहनी,जिल्ला सदस्य हेमन्त पाण्डे,लक्ष्मण खनाल, प्रदेश सदस्य आर पी पोखरेल,ओम नारायण थारू, मोहमुद्धीन खान लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
त्यस्तै तिलोत्तमाको शिवपुरमा टान प्रसाद पाण्डेयको अध्यक्षतामा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ। सागर न्यौपानेको संचालनमा भएको सो कार्यक्रममा नगर सह इन्चार्ज रामु साहनी,नगर अध्यक्ष बेल प्रसाद शर्मा, जिल्ला सल्लाहकार मिठु क्षेत्री लगायतका नेता तथा कार्यकर्ता हरुको उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीका नेता रामु साहनी,बेल प्रसाद शर्मालागयाताले बोल्दै नेपालि जनताले प्राप्त गरेको हक अधिकार जनयुद्धको उपज भएको बताएका छन्। आज देशैभर विभिन्न कार्यक्रम गर्दै भब्य रूपमा जनयुद्ध दिवस मनाईएको छ।
कमेन्ट गर्नुहोस्