लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनभावना माबि दिपनगरमा शिक्षक अभिभावक संघ गठन

IMG

तिलोत्तमा,माघ २० गते । रुपन्देहीको तिलोत्तमा ८ दिपनगरमा अवस्थित जनभावना माध्यामिक बिद्यालयमा शिक्षक अभिभावक संघ गठन गरिएको छ  । नवगठित शिक्षक अभिभावक संघको अध्यक्षमा मोहनलाल खनाल चयन ुभएका छन भने सदस्यहरुमा चन्द्रकला न्यौपाने, अम्बिका पौडेल, अन्जली बिक, सुवास गिरि, लक्ष्मी अधिकारी र निर्मला घिमिरे सर्वसम्मत निर्वाचित भएको सह प्रधानाध्यापक जीवन अर्यालले जानकारी दिए ।


कार्यक्रममा शिक्षकको तर्फबाट शान्ती अर्याल र रेखाकुमारी शर्मालाई चयन गरिएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खत्रीको अध्यक्षता एवं ब्यवस्थापन समितिका सदस्य सम्मिलित कार्यक्रममा बिधालयका प्राचार्य शम्भुप्रसाद पराजुली र शिक्षक शालिकराम भुसालले बिधार्थीको शैक्षिक प्रगतिका लागि नवगठित संघले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरेका छन ।


कमेन्ट गर्नुहोस्