लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले १० दिनभित्रमा अनलाइन मार्फत सेवा दिने

tillotmacitynews - 2024 Jan 14 08:56 PM
IMG

तिलोत्तमा सिटी ,२०८० पुष २९ गते ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत सेवा दिने भएको छ । भौतिक उपस्थितिमा भीडभाड बढी हुने, सेवा प्रवाहमा जटिलता उत्पन्न भइरहेको बेला पनिकाले अनलाइन मार्फत सेवा प्रवाह गर्न लागेको हो । त्यसका लागि आज अनलाइन डेमो गरिएको छ । अनलाइन डेमो सफल भएसँगै अबको १० दिनभित्रमा अनलाइन मार्फत सेवा प्रवाह गर्न लागेको हो ।


सहायक परीक्षा नियन्त्रक पवन बरालले शैक्षिक प्रमाणपत्रहरु अनलाइन मार्फत नै दिन लागिएको बताए । पनिकाले माघ १० गतेदेखि अनलाइन सेवा गर्ने तयारी गरेको हो । तत्कालका लागि प्रोभिजनल सर्टिफिकेट, रिटोटलिङ र नाम सच्याउने काम अनलाइनबाट हुने पनिकाले जनाएको छ ।


यसअघि २०७५ सालमा २४ घण्टाभित्रमा नै प्रमाणपत्र उपलब्ध गराउने योजना अघि सारेको थियो । कर्मचारीको अभाव, सफ्टवेयरमा समस्या लगायतका कारणले तत्काल उक्त कार्य अघि बढाउन सकेको थिएन् । अहिले २ करोडभन्दा बढीको बजेट विनियोजन गरेर त्रिविले अनलाइन प्रणालीको विकास गर्न लागेको हो ।


हाल परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विद्यार्थीहरु आफैँ उपस्थित भएर सेवा लिनुपर्ने बाध्यता छ । त्यसका लागि महिनौँसम्म कुर्नुपर्ने अवस्था छ । बैंकमा पैसा जम्मा गर्नेदखि फारम भरेर बुझाउने सम्मको काम पनिकामै उपस्थित भएर गर्नुपर्ने अवस्था छ । उक्त झन्झटिलो प्रक्रियालाई सहज बनाउँदै पनिकाले घरमै प्रमाणपत्र पु¥याउने गरी अनलाइन सेवाको तयारी थालेको हो ।


विद्यार्थीले अनलाइन मार्फत नै घरमै बसीबसी ट्रान्सकृप्ट, प्रोभिजनल सर्टिफिकेट, सक्कली प्रमाणपत्र, पुनर्योग, नाम सच्याउने लगायतका काम गर्न सक्नेछन् । 

कमेन्ट गर्नुहोस्