लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका स्वास्थ्यकर्मीहरुलाई साइबर सुरक्षा तालिम

IMG

तिलोत्तमा, पौष २७ गते २०८०।रुपन्देहीको तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको साइबर सुरक्षा सम्बन्धी १ दिने तालिम सम्पन्न भएको छ। नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उपस्थित १ सय बढी स्वास्थ्यकर्मीलाई प्रदेश प्रहरी कार्यालय भैरहवाका डिएसपी शंकर पोख्रेल र प्रहरी नायब निरिक्षक बासुदेव भट्टले सहजीकरण गर्नुभएको थियो। 


सो कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले स्वास्थ्यकर्मीका लागि मात्रै नभएर हरेक नेपाली र सामाजिक संजाल प्रयोगकर्ताहरुले सिक्नै पर्ने कुरा साइबर सुरक्षा भएकोले यसबाट धेरै कुरा जान्न सकिने बताउनुभयो। समाजमा प्रभावपर्ने सामाजिक संजालको सहि सदुपयोगले मात्र समाज अघी बढ्न प्रेरणा मिल्ने हुनाले सामाजिक संजालको सहि सदुपयोग गर्न समेत नगरप्रमुख खाणले सुझाउनुभयो।पछिल्लो पटक सामाजिक संजाल प्रयोग कर्ता र ह्याकर समेत बढ्दै गएको तथ्यांकलाई मध्यनजर गर्दै यस्तो खालको तालिम दिइएको उहाँको भनाई छ। 


तालिम लगत्तै स्वास्थ्यकर्मीको समुहलाई फेलोशिप कार्यक्रम समेत गरिएको थियो। सबै स्वास्थ्यकर्मीहरुलाई साइबर सुरक्षा र स्वास्थ्यका दृष्टिकोणले पनि बिरामी उपचार र परामर्शको बिषयमा संबेदनशिल हुन पनि सामाजिक संजालको सहि सदुपयोग गर्न प्रेरित गर्ने उदेश्यले यस्तो कार्यक्रम रखिएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक प्रवेश पौडेलले बताउनुभयो। सो तालिममा सहभागीहरुले साइबर सुरक्षा सम्बन्धी जिज्ञासा र समाधानको उपाय हरु सहजकर्ता डिएसपी शंकर पोख्रेलसंग राखेका थिए भने पोखरेलको सहजीकरणले  स्वास्थ्यकर्मीहरुको जिज्ञासा समाधान भएको थियो।                                                                                  

कमेन्ट गर्नुहोस्