लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बभनीमा चौथो न्यु राइज नकआउट फुटबल प्रतियोगिता हुँदै, १६ टिम सहभागी

IMG

तिलोत्तमा, पौष २६ गते २०८०। न्यु राइज युथ क्लब तिलोत्तमा-१३ बभनीको आयोजनामा न्यु राइज कप पुरुष फुटबल प्रतियोगिताको चौथो संस्करण हुने भएको छ । प्रतियोगिता पुषको २७ गते बाट ६ गतेसम्म चल्ने क्लबका कृष्ण खनालले बताए। प्रतियोगिता तिलोत्तमा नगरपालिका वडा नम्बर १३ स्थित् बभनी भुतपुर्व सैनिक आधारभुत बिद्यालयको खेल मैदानमा हुनेछ । प्रतियोगितामा बिजेताले ७५ हजार पाउने छन् भने उपविजेताले ४४ हजार प्राप्त गर्ने छन्।  विधागत रुपमा उत्कृस्ट खेलाडीलाई समेत नगद सहित ट्रफी प्रदान गरिने क्लबका बिबेक खडकाले बताए।


यसपटक प्रतियोगितामा १६ क्लबको सहभागिता रहने क्लबका कृष्ण खनालले बताए । प्रतियोगिताको मुख्य प्रायोजकका स्व: रन बहादुर भण्डारीको स्मृतिमा श्रीमती चमेली भण्डारी, छोराबुहारी बिकास र अञ्जना छोरीहरु शिवकुमारी , कल्पना र फुलमाया रहेका छन् भने सह प्रायोजकका रुपमा भण्डारी ब्रदर्श रहेका छन्। संगठित युवा आजको आवश्यकता भन्ने मुल नाराका साथ् स्थानिय तथा राष्ट्रिय स्तरका खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले सो प्रतियोगिता गरिएको आयोजकको भनाई छ। 


कमेन्ट गर्नुहोस्