लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी इन्जिनियरिङ्ग कलेज भलवारीमा भोलिदेखि LEC EXPO २०२४ हुदै

IMG

तिलोत्तमा सिटी,२०८० पुष २१ गते । लुम्बिनी इन्जिनियरिङ्ग कलेज भलवारीमा भोलि आइतबारदेखि (२२ र २३ गते ) LEC EXPO २०२४ हुने भएको छ। कलेजमा सिभिल इ‍न्जिनियरिङ्ग ,कम्प्युटर  इन्जिनियरिङ्ग र पछिल्लो समय इलेक्टि्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग पनि इनरोल भइराखेको र सबै फ्याक्ल्टि गरी जम्मा ८८४ विद्यार्थी अध्यनरत रहेको कलेजको तर्फबाट तुलसीराम सापकोटाले जानकारी दिनुभयो।   


भोलि देखि भब्य रुपमा हुन गइरहेको LEC EXPO २०२४ मा त्यस कलेजमा अध्यनरत विद्यार्थिले तयार पारेका प्रोजेक्टहरुको  प्रदर्शन गरिने कलेजले जनाएको छ। शो प्रदर्शनी बिहान ९ बजेदेखि ५ बजेसम्म संचालन हुने छ। प्रदर्शनी कार्यक्रममा विधार्थिहरुले आफ्नो विषय तथा रुचि अनुसार विभिन्न प्रोजेक्ट तथा आविस्कारहरु ‍प्रदर्शन गर्ने छन । उक्त प्रोजेक्ट अन्तर्गत सिभिलका २४ ओटा , कम्प्युटरका १४ र इलेक्टि्रीकल एण्ड इलेक्ट्रोनिक्सका १२ ओटा गरी जम्मा ५० ओटा प्रोजेक्ट रहने आयोजक कलेजले जानकारी गराएको छ ।  सिभिल प्रोजेक्ट अन्तर्गत Design of Arch Bridge, Slope Stability analysis, light gauge steel structure ,cable stayed bridge, cavity wall, bottle house आदि रहेका छन् । इलेक्टि्रीकल एण्ड इलेक्ट्रोनिक्स प्रोजेक्ट अन्तर्गत Ai robot , Smart security System, smart diyo , robotic hand  आदि छन् भने कम्प्युटर प्रोजेक्ट अन्तर्गत Human Following Robot , Silentium , Attend A data analysis tool , Drishya , Smart Vehicle Parking Management System आदि रहेका छन् ।  


कलेजबाट पास आउट विधार्थिहरु विभिन्न क्षेत्रका उच्च ओहदामा पुगेको र विभिन्न नयाँ नयाँ कुरा आविस्कार गरेको कलेजका अध्यक्ष सचिव के एन पाण्डेले बताउनुभयो । मानव जिवनलाइ सहज र सरल बनाउनका लागि विधार्थिहरुले विगतका समयमा पनि धेरै आविस्कारहरु गरेको र कुनै कुनै प्रयोगमा पनि आइरहेको पनि बताउनुभयो । विधार्थिहरुले दुइ तिन वर्ष अध्ययन गरेपछि अन्तिम वर्ष प्रोजेक्ट बना‍उनपर्न उहाँले जानकारी दिनुभयो । आइतबारदेखि शुरु हुने सो प्रबिधि प्रदर्शनी कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, विशिष्ट व्यक्तिहरु, अतिथि, अभिभावक , विधार्थि सहित करिव १२ हजार जनाले अवलोकन गर्ने लक्ष्य कलेजले लिएको छ।  

कमेन्ट गर्नुहोस्