
तिलोत्तमा,पौष १९ गते २०८०। बिरेन्द्र दृस्टीविहिन बाल क्लवको आयोजनामा हाजिर जवाफ प्रतियोगिता सियारी गाउँपालिकामा आज सम्पन्न भएको छ । २१५औ लुइस ब्रेलको जन्म जयन्ती तथा ब्रेल दिवसको अवसर पारेर नेत्रहिन युवा संघ रुपन्देहीको आर्थिक सहयोगमा रुपन्देहीको सियारी गा.पा ५ स्थित विरेन्द्र मा. वि मा उक्त कार्यक्रम सम्पन्न भएको हो ।उक्त हाजिर जवाफ प्रतियोगितामा कक्षा ७ देखि १० सम्मका विद्यार्थी सहभागी भएका थिए । जसमा योगेन्द्र थापाको समुह प्रथम , चन्द्रमान चौधरीको समूह दोस्रो ,सपना तरामुको समूह तेस्रो र करण वि . क को समूह सान्त्वना स्थान हासिल गरेका थिए ।
कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त शर्मा बस्याल ले नेत्रहीन युवा संघको पहलमा बिरेन्द्र दृष्टिविहिन बाल क्लव गठन गर्दा आफू पनि उपस्थित भएको त्यति बेला संघले दिएको क्लबको नेतृत्वमा विद्यालयमा साप्ताहिक कार्यक्रम सन्चालन गर्नका लागि सहयोग पुर्याउने जिम्मेवारी आजको कार्यक्रमबाट थोरै भए पनि निभाएको महसुस व्यक्त गर्नुभयो र आगामी दिनमा पनि सहयोगका लागि आफू सधै तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।क्लवका अध्यक्ष योगेन्द्र थापाले क्लवको आयोजनामा पहिलो पटक सफलतापुर्वक सम्पन्न गरेको र सफल बनाउन सहयोग पुर्याउने नेत्रहीन युवा संघ र विरेन्द्र मा. विको विद्यालय परिवारलाइ धन्यवाद व्यक्त गर्नु भयो ।
विधालयका सहायक प्रधानाध्यापक क्मला भण्डारीको विशिस्ट आतिथ्यता रहेको कार्यक्रको विद्यालायका शिक्षक मन्जु नेपालको सन्चालन , क्लवका उपाध्यक्ष सपना तरमुको स्वागत मन्तव्यमा सप्पन्न भएको थियो । हाजिरजवाफ प्रतियोगीतामा बिरेन्द्र मा. विका शिक्षक प्रतिनिधि तथा दृस्टीविहिन स्रोत शिक्षक लोकनाथ सापकोटाले लुइस ब्रेलको जीवनी तथा ब्रेल लिपिको बारेमा विद्यार्थीहरुलाइ जानकारी गराउनु भएको थियो । कार्यक्रम विद्यालय शिक्षक माधव कंडेल ,नेत्रहिन युवा संघ रुपन्देहीका कर्मचारी लक्ष्मी पाण्डेको आतिथ्यतामा सम्पन्न भएको थियो।
कमेन्ट गर्नुहोस्