तिलोत्तमा,पुष १० गते। परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन अन्तर्रास्ट्रिय समन्वय समितिले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार’ यस वर्ष पनि वितरण गरेको छ ।सोमबार पर्वतको हुवासमा आयोजित एक समारोहकाबीच सञ्चारकर्मी सञ्जय रेग्मीलाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार– २०२३’ प्रदान गरिएको हो । नआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन अन्तर्रास्ट्रिय समन्वय समितिले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
अघिल्लो वर्ष चितवनको माडीमा एक समारोहको आयोजना गरी एसोसिएसनले ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार’ नेपालमा क्रियाशील १० पत्रकारका संस्थाहरुलाई प्रदान गरिएको थियो ।यस अघि अमेरिकाको क्यालिफोर्नियामा बसेको संस्थाको सचिवालय बैठकले यस वर्षको ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार’ सञ्चारकर्मी रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको थियो । पुरस्कारको राशी ५१ हजार रुपैयाँ र ताम्रापत्र रहेको छ।पर्वतमा रहेर विशेषत ग्रामिण क्षेत्रका समाचारहरु लेख्दै आएका रेग्मीको त्यस क्षेत्रमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै यस वर्षको ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार’ प्रदान गरिएको एसोसिएसनका अध्यक्ष माधव मरासिनीले जानकारी दिनुभयो ।
पर्वतमा पुरस्कार वितरण समारोहलाई एसोसिएशनको नेपालस्थित साझेदार संस्था देउराली फाउण्डेशनले गरेको हो । पुरस्कार वितरण समारोहमा एनआरएन प्रतिनिधिको रुपमा देउराली फाउन्डेशनका अध्यक्ष भीम घिमिरे र बुद्धि विश्वकर्मा, गाउँपालिका अध्यक्ष तोरन मल्ल ठकुरी, लगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्