लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भानु माविमा निर्माण हुने चारकोठे भवनको गृहमन्त्री पाण्डेयद्वारा शिलान्यास

IMG

तिलोत्तमा,पुष १० गते। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित श्री भानु माध्यमिक विद्यालयमा निर्माण हुने चारकोठे भवनको शिलान्यास गरिएको छ। सोमबार भवनको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले शिलान्यास गरेका हुन् ।सो अवसरमा बोल्दै मन्त्री पाण्डेयले शिक्षा क्षेत्रको विकासले मुलुकको विकास हुने भएकाले प्रदेश सरकारले शिक्षाको विकासमा जोड दिएको बताए । उनले शिक्षाको विकासका लागि विद्यालयको भौतिक पूर्वाधार निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए ।


विद्यार्थीहरुको पठनपाठनका लागि केही कक्षाकोठाको अभाव रहेकोले अब निर्माण हुने भवनले सहयोग गर्ने श्री भानु माविका प्रधानाध्यापक मोतीलाल सुवेदीले बताए । उनले भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट ३० लाख रुपैयाँ उपलब्ध भएको र चैत महिनासम्म निर्माणसम्पन्न हुने गरी सम्झौता भएको जानकारी दिए।‘भवनको फिनिसिङलगायतका कार्यका लागि थप बजेट आवश्यक पर्छ, बजेटका लागि प्रदेश सरकारसँग माग गरेको छौं, ’सुवेदीले भने । उनले भवन निर्माणका लागि बजेट विनियोजन गर्ने प्रदेश सरकारलाई धन्यवाद दिदै भवन निर्माण कार्य पूर्ण रुपमा सम्पन्न गर्न आवश्यक थप बजेट विनियोजन गर्न आग्रह गरे ।भवन शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खान, समाजसेवी, राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

    

कमेन्ट गर्नुहोस्