लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्वास्थ्य शिविर र न्यानो माया बितरण गर्दै लायनेस बुटवल

IMG

तिलोत्तमा,पुष ८ गते। लायनेस क्लब अफ बुटवलले लायन्स डेको अवसरमा विद्यालयलाई विभिन्न साम्रगी तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा आखाँ र मधुमेहको परिक्षण उपचार परामर्श र औषधी बितरण गरि मनाईएको हो । क्लबले शनिवार एक कार्यक्रमको आयोजना गरी रुपन्देहीको कोटहीमाई गाउँपालिका स्थित तुनिहवा माध्यमिक विद्यालयमा निःशुल्क आखाँ र मधुमेहको शिविर गर्नुका साथै विद्यार्थीहरुलाई सुइटर, कपडा र ब्लाङ्केट वितरण गरेको हो ।


विद्यालयलाई ३ सय थान कपडा, १ सय ६७ थान सुइटर र २० थान ब्लाङ्केट वितरण गरिएको कार्यक्रम संयोजक लायनेस मनिषा बज्राचार्यले बताइन् । विभिन्न सामाजिक सेवाको क्षेत्रमा क्रियाशील सो क्लबले यस अघिका दिनमा समेत विभिन्न शिविर तथा सामाग्री बितरण गर्दै आएको छ।क्लबका अध्यक्ष बेगम श्रेष्ठको अध्यक्षता, डिष्ट्रिक गर्भनर अर्जुनमान सैजुको प्रमुख आथित्यता र क्लबका सचिव सिता ध्वजुको संचालनका कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्